Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली कविता – आजको कविता





– लक्ष्मी रिजाल ।

अनकन्टार गाउँमा
जलगैँडाको पिठिउँजस्तै
चिल्लो कालोपत्रेमाथि उभिँदैमा
गणतन्त्रको गायत्री टिक्दैन
पहाडको मुटु दारेर
सडक रेखाी कोर्दैमा
भ्रष्टाचारको कालो सूर्य छेकिँदैन
पावर देखाउन
खडा गरिएका आलिसान टावरहरूबाट
नजिकै रहेका
धनिक राम डोमहरूका घरमा
चुहिएको सूर्यको किरण रेटिँदैन
पा…रि मिकलाजुङको पाखामा
रोइरहेको बखतेको भोक मेटिँदैन

व्यवस्था त साँच्च‌ै उन्नत हो :
-व्यवस्थापकहरू
उन्मत्त बाघ र  खुङ्खार बाजको
बेमौसमी , विद्रूप सम्भोगबाट जन्मिएपछि
जुनसुकै तन्त्र पनि हायल कायल
हुँदो रहेछ

ए  रुग्ण शकुनीहरू हो !
नाति पुस्ताले त
तिमीहरूलाई ती…तो तिरस्कार गर्छ
एक पटक
छोराछोरीसँग  प्रश्न गर त !

जवाफ दिने छन्-
विप्रेषकहरूको
पसिना , आँसु र  रगतमाथि उभिएर
धेरै दिन वसन्त  उत्सव मनाउन पाउँदैनौ
भस्मासुरका
नयाँ अवतारहहरू हो !
यस्तै दुस्शासन रहिरहे
तिम्रो खलामा ,खमारमा र खलियानमा
कुनै खेताला देखिने छैनन्
अनि हुने छैनन् धानका कुनिउँ ,
चक्कर लगाइरहने गोरुका वृत्त र
अखनी बोकेका दयेँराहरू !