

जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित आँपको बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।
भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरिएको सामान नियन्त्रणमा लिने क्रममा गएराति सशस्त्र प्रहरी र तस्करबीच झडप भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा गएको टोलीले तस्करी रोक्न खोज्दा तस्कर र स्थानीय बासिन्दाले प्रतिकार गर्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो ।
झडपका क्रममा केही तस्करीका सामग्री स्थानीयले लुकाएको र घटनास्थलबाट एक थान मोटरसाइकलसहित केही किराना सामान प्रहरीले बरामद गरेको छ ।
