Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु





जनकपुरधाम ।
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।