

जनकपुरधाम ।
मैथिली कथा गोष्ठी आज एक समारोहका बीच सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनामा भएको सो गोष्ठीमा अभिराज साह प्रथम, अलिशा साह द्वितीय र राजनन्दनी तिवारी तृतीय भएका छन् । विजयी कथाकारहरुलाई कथा गोष्ठीका संयोजक एवं पत्रकार सुजीतकुमार झा पुरस्कार प्रदान गर्नुभएको छ ।
छात्र आशुतोष साहको अध्यक्षतामा भएको कथा गोष्ठीमा राजननदनी तिवारी, कुशल झा, अलिशा साह, अभिराज साह, प्रेरणा तिवारी लगायतले कथा बाचन गरेका थिए ।

