

एजेन्सी ।
दक्षिण अफ्रिकामाथी रोमाञ्चक जीत निकाल्दै भारतले टि२० श्रृंखलामा २–१को अग्रता लिएको छ । गएराति भएको तेस्रो टि२० मैचमा भारतले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै श्रृंखलामा अग्रता बनाएको हो ।
भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ७ विकेटको क्षतिमा २ सय ८ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाकालागि मार्को यान्सेनले विस्फोटक ५४ रनको पारी खेले । हेनरिक क्लासेन ४१, एडन मार्क्रम २९ रनको योगदान गरे ।
भारतको बलिंगमा अर्शदीप सिंहले ३ विकेट लिए भने बरुण चक्रवर्तीले २, हार्दिक पाण्ड्या तथा अक्षर पटेलले १÷१ विकेट लिन सफल भए ।
पहिले ब्याटिङ्ग गरेको भारतले तिलक वर्माको शतकीय पारीको सहयोगमा ६ विकेटको क्षतिमा २ सय १९ रनको स्कोर खडा गरेको थियो । वर्माले ५६ बलको सामना गर्दै १ सय ७ रनको पारी खेलेका थिए । अभिशेक शर्माले ५० रनको योगदान गरे । अब चौथो खेल दक्षिण अफ्रिकाको जोहान्सवर्गमा हुनेछ ।
