Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वास्थ्यको लागि वरदान हो लसुन





यस पृथ्वीमा स्वास्थ्यका लागि निकै फाइदाजनक यस्ता अनगिन्ती खानेकुरा छन् । धेरैलाई यसबारे थाहा नहुन पनि सक्छ । तर लसुन सेवनका अनेकौं लाभ छन् ।

सामान्यतः लसुनको स्वाद वा गन्ध केहीलाई मन नपर्न पनि सक्छ । तर जुनसुकै तरकारी लसुन बिना नै खल्लो हुन्छ । यो स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि गजबको वस्तु हो । यसमा पाइने पोषक तत्व र एन्टी–माइक्रोबियल गुण तपाईको स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ ।

एक मात्रै होइन शरीरमा हुने अनेकौं रोगलाई निको पार्न लसुनको प्रयोग गरिन्छ । लसुन पहिलादेखि नै साग, तरकारी र मसलामा प्रयोग हुँदै आएको छ । यसको औषधीय गुणलाई हेर्ने हो भने लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ, जुन आजको युगमा सबैका लागि आवश्यक छ ।

कोलेस्ट्रोल बढ्ने समस्या युवायुवतीमा पनि देखिएको छ, जसका कारण हृदयाघात र स्ट्रोकको जोखिम बढेको छ ।

कोलेस्ट्रोलः लसुनमा एलिसिन नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोल घटाउँछ ।

बिपीः कोलेस्ट्रोलले रगतमा चाप बढाउँछ, जसका कारण रक्तचाप बढ्छ । यस्तोमा लसुनको सेवन निकै फाइदाजनक हुन्छ ।

भाइरल संक्रमणमा प्रभावकारीः लसुनमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण हुन्छ जसले रुघाखोकी, ज्वरो र छातीको संक्रमणलाई सफलता पूर्वक कम गर्छ ।

मुटुः यसले रगत जम्ने समस्याबाट जोगाउँछ । लसुनको दैनिक सेवनले बाक्लो रगतलाई पातलो बनाउन मद्दत गर्छ र हृदयघातको जोखिम कम गर्छ ।

दुखाइः लसुनमा एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् । लसुनको सेवनले आर्थराइटिसजस्ता रोगका कारण हुने सुन्निने समस्या पनि कम हुन्छ । यसले आर्थराइटिसको लक्षणलाई पनि बिस्तारै बिस्तारै हटाउँछ ।

काढाः लसुनको बोक्रा नफ्याकिकन पानीमा राखेर धेरै बेरसम्म यसलाई मध्यम आँचमा उमालेर चिया झैँ सेवन गर्दा राम्रो फाइदा हुन्छ ।

तेलमा पकाउनेः लसुनको बोक्रालाई तोरीको तेलमा लामो समयसम्म पकाएर शरिरमा मालिस गर्दा पुरानो दुखाइ निको हुन्छ । यो विधि पुरातन कालदेखि नै चल्दै आएको छ । यो तेल कपाल र छालाको लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

सावधानीः विशेषज्ञले मात्र रोग, उमेर र वजन अनुसार सही खुराक निर्धारण गर्न सक्छ । यदि तपाई औषधिको रूपमा लसुन प्रयोग गर्दै हुनुहुन्छ भने चिकित्सकीय सल्लाह लिनु धेरै महत्त्वपूर्ण छ ।