Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निःशुल्क कृत्रिम हात खुट्टा नापजाँच शिविर संचालन




November 1st, 2023

गोलबजार । विभिन्न दुर्घटनामा परेर हातखुट्टा गुमाएका वा जन्मजात हाटखुट्टा नरहेकाहरुका लागि आइतबार सिरहाको लहानमा निःशुल्क कृत्रिम हात खुट्टा नापजाँच शिविर संचालन गरिएको छ ।

भारत राजस्थानको उदयपुरस्थित नारायण सेवा संस्थानको प्राविधिक सहयोग तथा  नेपाल राष्ट्रिय मारवाडी संगठन र लहानस्थित मारवाडी युवा मञ्च लहानको सहकार्यमा स्थानीय मारवाडी सेवा सदनमा संचालित शिविरमा आइतबार साँझसम्म एक सय ५० जना हातखुट्टा नरहेका व्यक्तिको नापजाँच गरिएको मञ्चका अध्यक्ष राहुल शारडाले जानकारी दिए । अध्यक्ष शारडाका अनुसार शिविरमा सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी, बारा र पर्साका एक सय ५० जनाको संस्थानबाट आएका स्वास्थ्य प्राविधिकहरुले हातखुट्टाको नापजाँच लिइएको छ ।

शिविरमा नापजाँच लिएकाहरुलाई आगामी डेढदेखि दुई महिनाभित्र अत्याधुनिक प्रविधिबाट निर्मित प्लाष्टिकका हातखुट्टा लहानमा ल्याएर जोडिदिने योजना रहेको शिविरका लागि संस्थानबाट आएका डा. अखिल भास्करले बताए ।

शिविरका लागि संस्थानबाट इञ्चार्ज (प्रभारी) को रुपमा आएका हरिप्रसाद लड्डाले संस्थानले शुक्रबार झापाको धुलाबारीमा पनि निःशुल्क कृत्रिम हात खुट्टा नापजाँच शिविर संचालन गरेको बताए । उनका अनुसार संस्थानले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौंमा शारीरिक रुपले अप्ठ्यारो झेलिरहका  अपागता भएकाहरुका लागि निःशुल्क ह्वीलचेयर र ट्राइसाइकल वितरण गरेको थियो ।