

जनकपुरधाम ।
नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाको नयाँ कार्यसमितिका लागि आज सम्पन्न निर्वाचनमा डा. राजिव शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. रामसरोज साहलाई पराजित गरे । साहले २६ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा डा. राम पदारथ यादव विजयी भएका छन् । उनले ४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डा. राजिव कुमार सिंहले २३ मत प्राप्त गर्न सफल भए ।
महासचिव पदमा डा. सुमन कर्ण निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा डा. मिशा महासेठ ५० मत प्राप्त गरी निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी डा. रुपेश कुमार मण्डलले २१ म्त मात्रै प्राप्त गरे ।
सह–सचिव पदमा डा.अम्बिका यादवले ४९ मत प्राप्त गर्दै डा. अभिनास देवलाई पराजित गरिन्, देवले २२ मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा डा. मिनु यादव, डा. प्रदीप के. यादव, डा. अञ्जली कुमारी गामी र डा. निक्की कुमारी यादव निर्विरोध निर्वाचित भएका छन् ।
