Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि





क्वालालम्पुर ।

एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती पुरुषले आफूलाई दुःखमा साथ दिने श्रीमतीलाई छाडेर अर्कै महिलासँग बिहे गरेका छन् ।

वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक गरेकी थिइन् । श्रीमानलाई खुवाउनेदेखि उनको डाइपर फेर्ने र नुहाइदिनेसम्मका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । कार दुघर्टनापछि थला परेका उनको श्रीमानलाई आफ्नै खुट्टामा उभिन ६ वर्ष लाग्यो । यो समयमा हरदम, हर क्षण नुरुल श्रीमानको साथमा थिइन् ।

बिरामी श्रीमानप्रति उनले देखाएको समर्पण र कतव्र्यका कारण फेसबुकमा मात्रै उनलाई हजारौँले पछ्याएका थिए । तर निको भएपछि श्रीमानले नुरुलसँगको सम्बन्ध तोडेर अर्की महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरू छक्क परेका छन् । नुरुलले आफ्नो पूर्व पति र उनको नयाँ बेहुलीको फोटो राखेर फेसबुकमा एउटा पोस्टमा बधाई दिएकी थिइन् ।

उनको यो पोस्टपछि फ्यानहरूले पूर्व पति र उसको नव दुलहीको निकै आलोचना गरेका थिए । आफ्नो श्रीमानले आफ्ना सारा जिम्मेवारी निभाएको भन्दै पूर्व पति र उसको नव दुलहीलाई जथाभाबी नभन्न नुरुलले आफ्ना फ्यानलाई अनुरोध गरेकी थिइन् ।