Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

दुई महिनाभित्रै तीन हजार ८०० भन्दा बढी सडकबत्ती चोरी





अयोध्या ।

चोरीका विभिन्न घटना दैनिकजसो प्रकाशमा आइरहेका हुन्छन् । तर भारतको उत्तर प्रदेश राज्यमा चोरीको एउटा अनौठो घटना प्रकाशमा आएको छ । अयोध्या को राम मन्दिर क्षेत्र आसपास कडा सुरक्षाका बाबजुद सडकबत्ती चोरी भएको घटना प्रकाशमा आएको हो । राम पथ र भक्ति पथमा जडान गरिएका सडकबत्ती चोरी भएको बताइएको छ ।

चोरी भएका बत्तीको मूल्य ५० लाख भारु रहेको बताइएको छ । अयोध्या विकास प्राधिकरणबाट यश इन्टरप्राइजेज र कृष्णा अटोमोबाइल्स नामक कम्पनीले सडकबत्ती जडानको ठेक्का लिएका थिए । रामपथ किनारका रुखमा ६ हजार ४०० बेम्बो लाइट र भक्ति पथमा ९६ गोबो प्रोजेक्टर जडान भएको ठेकेदार कम्पनीले जनाएको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि शेखर शर्माका अनुसार तीमध्ये ३ हजार ८०० बेम्बो लाइट र ३६ गोबो प्रोजेक्टर लाइट चोरी भएको हो ।

शर्माले ९ अगस्टमा यसबारे राम जन्मभूमि प्रहरी थानामा उजुरी दायर गरेका छन् । उजुरीमा उनले १९ मार्चसम्म ती बत्ती ठिकठाक रहेकोमा ९ मईमा हेर्दा ३ हजार ८०० बेम्बो लाइट र ३६ गोबो लाइट चोरी भएको पाइएको उल्लेख गरेका छन् ।

यद्यपि उनले ९ अगस्टमा मात्र यसबारे प्रहरीमा उजुरी गरेका कारण धेरै आशंका उब्जिएको बताइन्छ । त्यसमा पनि कडा सुरक्षा भएको क्षेत्रबाटै सडकबत्ती चोरी भएको उजुरी आएपछि प्रहरी र प्रशासनले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

अयोध्या प्रशासनले भने बत्ती चोरी नै नभएर ठेकेदार कम्पनीले झुटो दाबा पेस गरेर आर्थिक फाइदा लिन खोजेको प्रतिक्रिया जनाएको छ । जडान नै नभएका बत्ती चोरी भएको भनेर ठेकेदारले आर्थिक लाभ लिन खोजेको प्रशासनको भनाइ छ । अयोध्या सधैँ कडा सुरक्षामा रहेको भन्दै प्रशासनले यस्तोमा यति ठुलो संख्यामा सडकबत्ती चोरी गर्न सम्भव नै नहुने दाबी गरेको छ ।

यो मामिलामा अयोध्या प्रशासनले ठेकेदार कम्पनीविरुद्ध नै मुद्दा दायर गर्ने तयारी गरेको छ । अयोध्या विकास प्राधिकरणका उपाध्यक्ष अश्विनी पाण्डेले बत्ती जडान गर्ने कम्पनीले झुटो दाबी गरेको बताए । ‘अयोध्याको सौन्दर्यीकरण अन्तर्गत रुखमा दुई हजार ६०० बेम्बो लाइट जडान गरिएको थियो । अयोध्या विकास प्राधिकरणले गरेको अनुसन्धानमा यसबाहेक अरु बत्ती जडान भएकै छैन,’ पाण्डेले भने, ‘ठेकेदार कम्पनीले अतिरिक्त भुक्तानी पाउनका लागि झुटो कुरा प्रचारमा ल्याएको हो ।’