Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

निगरानी गर्न पिताले छोरीको टाउकोमा सर्भिलियन्स क्यामरा जडान गरेपछि…





इस्लामाबाद । 

पाकिस्तानमा एक पिताले आफ्नो छोरीको सुरक्षाका लागि भन्दै टाउकोमा सर्भिलियन्स क्यामरा लगाइदिएका छन् । छोरीको चियोचर्चा गर्न सजिलो होस् भनेर टाउकोमा सर्भिलियन्स क्यामरा राखिदिएको भिडियो  माइक्रो ब्लगिङ वेबसाइट एक्समा भाइरल भइरहेको छ ।

छोरीको दिनभरिको गतिविधिमा निगरानी गर्न र उनी सकुशल छिन् भन्ने सुनिश्चित गर्न उनले यसो गरेको बताइएको छ । भिडियोमा युवतिको अन्तरवार्ता छ । हरियो सलले टाउको छोपेकी ती युवतिको टाउकोमा ब्याट्रीबाट चल्ने सर्भिलियन्स क्यामरा छ ।

उनको अनौठो हुलियाबारे प्रश्न गर्दा यो सबै पिताको आइडिया भएको उनले बताएकी छिन् । कराँचीमा एक युवतिको भयानक मृत्यु पछि पिता आफ्नो सुरक्षाबारे चिन्तित बनेर यो उपाय अपनाएको युवतिको भनाइ थियो ।