Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निगरानी गर्न पिताले छोरीको टाउकोमा सर्भिलियन्स क्यामरा जडान गरेपछि…





इस्लामाबाद । 

पाकिस्तानमा एक पिताले आफ्नो छोरीको सुरक्षाका लागि भन्दै टाउकोमा सर्भिलियन्स क्यामरा लगाइदिएका छन् । छोरीको चियोचर्चा गर्न सजिलो होस् भनेर टाउकोमा सर्भिलियन्स क्यामरा राखिदिएको भिडियो  माइक्रो ब्लगिङ वेबसाइट एक्समा भाइरल भइरहेको छ ।

छोरीको दिनभरिको गतिविधिमा निगरानी गर्न र उनी सकुशल छिन् भन्ने सुनिश्चित गर्न उनले यसो गरेको बताइएको छ । भिडियोमा युवतिको अन्तरवार्ता छ । हरियो सलले टाउको छोपेकी ती युवतिको टाउकोमा ब्याट्रीबाट चल्ने सर्भिलियन्स क्यामरा छ ।

उनको अनौठो हुलियाबारे प्रश्न गर्दा यो सबै पिताको आइडिया भएको उनले बताएकी छिन् । कराँचीमा एक युवतिको भयानक मृत्यु पछि पिता आफ्नो सुरक्षाबारे चिन्तित बनेर यो उपाय अपनाएको युवतिको भनाइ थियो ।