Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट





ओस्लो ।

यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो । विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो घटनापछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइयो । सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसका प्रवक्ता ओएष्टिन श्मिड्टले समाचार संस्था एएफपीलाई भने ।

यात्रीहरूलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो । विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा छ । मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ । तर यस्तो दूलर्भ हुने गरेको श्मिड्टले भनेका छन् ।