Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट





ओस्लो ।

यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो । विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो घटनापछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइयो । सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसका प्रवक्ता ओएष्टिन श्मिड्टले समाचार संस्था एएफपीलाई भने ।

यात्रीहरूलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो । विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा छ । मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ । तर यस्तो दूलर्भ हुने गरेको श्मिड्टले भनेका छन् ।