Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

बर्खा याममा कान पाक्ने समस्या





बर्खा याममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ । कारण, बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो ।

कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खामा खेतबारीमा काम गर्नेहरुको कानभित्र पानी छिर्न सक्छ । अर्कोतिर गर्मी याम पनि भएकाले धेरैले खोला, पोखरी लगायत पानी जमेको स्थान वा स्विमिङ पुलमा पौडी खेल्ने गर्छन् । यस्तो बेला कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झनै इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा खासगरी डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ ।

बच्चाले ठुलो स्वरमा टीभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुन सक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ । पछिल्लो समय ग्रान्डी अस्पतालमा कानसँगै नाकका बिरामी समेत बढेका छन् । खासगरी नाक बन्द हुने, हाछ्युँ आउने, पिनासका कारण टाउको दुखेका बिरामी आउने गर्छन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।

कान पाकेको लक्षण

  • कान चिलाउने ।
  • कान अत्यधिक दुख्ने ।
  • कान डम्म हुने ।
  • कानभित्रबाट पिप वा पानी बग्ने ।

अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने ग¥यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने गर्छन् । कतिपयले बडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककहाँ देखाउनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

कानलाई कसरी जोगाउने ?

  • पौडी खेल्न जाँदा ‘एयर प्लग’ लगाउने ।
  • पौडी खेल्दा कान छोप्ने ।
  • पौडी खेल्दा डाइभ भरसक नगर्ने, कानमा प्रेसर परेर जाली फुट्न सक्छ  ।
  • पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाहबमोजिम उचित ढंगले हटाउनुपर्छ । बडले कानेगुजी हटाउँदैन । बडको प्रयोग गर्दा उल्टै कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले बडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने मेकानिजम् बनाएको हुन्छ । कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । यस्तै, कान पाक्ने समस्यासम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी छ ।