Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जापानको अनौठो बार, तनाव भगाउन युवतीको लात्ता र मुक्का खानुपर्ने





एजेन्सी ।
जापानको राजधानी टोक्योमा एउटा यस्तो अनौठो बार छ, जसले यसको नितान्त नयाँ तथा अपत्यारिलो सेवाका कारण दुनियाँभरका ग्राहकलाई आकर्षित गरिरहेको छ ।
टोक्योमा रहेको Muscle Girl Bar मा बलिया, गठिला तथा खेलाडी युवतीहरुलाई जागिरमा लगाइएको छ । जसमा ब्राजिलियन जिउजित्सु खेलाडीहरु, फिटनेस सेलिब्रेटीहरु, व्यवायिक रेसलरदेखि अभिनेत्रीहरु समेत रहेका छन् । उनीहरुले सो बारमा आउने ग्राहकलाई अनेक खालका शारीरिक अन्तरक्रिया गराउँछन् ।
सो बारमा ग्राहकले मांशपेशी सिक्का खरिद गर्नसक्छन् । सो सिक्काबाट ग्राहकले युवतीहरुको थप्पड र लात्तीदेखि राजकुमारी बोकाइ (प्रिन्सेस स्टाइल क्यारी) को सेवा लिन सक्दछन् । यसका लागि ३० हजार जापानी येन अर्थात् करिब २ सय डलर सम्म शुल्क लाग्दछ ।
सो बारको सबैभन्दा लोकप्रिय ककटेल चाहिँ वेट्रेस युवतीहरुले नांगो हातले अंगुर थिचेर बनाउँछन् ।
वेटरहरुले ग्राहकलाई काँधमा बोकेर उठबस गर्ने एउटा अनौठो सेवा समेत प्रदान गर्दछन् । यसमा ग्राहकले आफ्नो शरीरको वजन अनुसारको शुल्क तिर्नुपर्छ ।
एकजना ५० केजी तौल भएकी मारु नामक वेटरले १३० किलो वजन भएका ग्राहकसम्मलाई बोक्न सक्छिन् । सो बार हारी नामकी एक फिटनेस सेलिब्रेटीले सन् २०२० मा खोलेकी थिइन् ।
कोभिड १९ का कारण जिमखाना बन्द भएपछि उनले सो बार खोलेकी हुन् । भलिबल खेलाडी समेत रहेकी हारी आफ्नो थप्पड मार्ने शक्ति तथा विधिप्रति विश्वस्त छिन् । बारमा युवतीको थप्पड खाएपछि मुस्कुराउँदै एक ग्राहक हिकारुले भने – यो पीडाले मेरा सबै दुःख बिर्सायो ।