Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु





नयाँ दिल्ली । 

भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ । राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।