Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अब हुने संविधान संशोधन संघियताको पक्षमा छः कांग्रेस नेता निधि





जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अब हुने संविधान संशोधन संघियताको पक्षमा रहेको बताएका छन् । केही साता अगाडी पत्रकार महासंघको निर्वाचनमा निर्वाचित मधेसका संचारकर्मीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै निधिले संघियतालाई मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताए ।
संघिय लोकतान्त्रिक गणतान्त्रमक व्यवस्थालाई मजबुत बनाउनकालागि हुन लागेको संविधान संशोधनकालागि कुन कुन बुँदामा संशोधन हुनु आवश्यक छ त्यसमा सुझाव दिने कर्तव्य संचारकर्मीहरुको समेत रहेको निधिले बताए । उनले संचार जगतले नेपालको भएका हरेक साकारात्मक परिवर्तनमा भूमिका खेलेको बताउँदै अब हुने संविधान संशोधनमा समेत सघाउन अपिल गरे ।
एक अर्को प्रसंगमा निधिले मधेसका संचारकर्मीहरुले मधेसको विकासका लागि कस्तो निति उपयुक्त हुन सक्छ त्यस दिशामा समेत अनुसन्धानात्मक रुपमा कलम चलाउन आग्रह गरे ।