Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायलद्वारा लेबनानमा आक्रमण जारी





एजेन्सी ।
इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा रातारात थप हमला गरेको बताएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातमा इजरायली सेनाले बानी हाइयान सहरको वरपर बमबारी गरेको हो । ‘अर्को आक्रमण केफर किलामा गरेको थियो, जसको आवाज दक्षिणभर सुनिएको थियो,’ एनएनले रिपोर्टमा भनेको छ ।
यसअघि इजरायली सेनाले मारुन अल रस सहरको बाहिरी भागमा रहेको आफ्नो स्थानबाट हेभी मेसिन गनका साथ बिन्ट जबेल सहरलाई घेराउ गरिरहेको बताएको थियो । पछिल्लो हमलाबाट के कति हताहत भए ? सो बारेमा कुनै खुली सकेको छैन ।
आक्रमणहरू नोभेम्बरको अन्त्यदेखि जारी रहेको हिजबुल्लाहसँगको युद्धविरामको इजरायल सेनाले गरेको पछिल्लो उल्लङ्घनको रूपमा हेरिएको छ ।