Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नाक काटेको आरोपमा अमर खड्का पक्राउ





दाङ । 

नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्का पतिपत्नीको नाक काटेको आरोपमा पक्राउ परेका छन्।

घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतको नाक काटेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गएको मंसिर ६ गते घोराही-१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला उनले धारिलो हतियार प्रहार गरेर बस्नेत दम्पतीको नाक काटेका प्रहरीले जनाएको छ। त्यसयता फरार रहेका उनलाई घोराही–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए।

‘खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका छौँ,’ थापाले भने, ‘घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’