

जनकपुरधाम ।
जनकपुरधाममा मिथिला पहिरन दिवस आज एक समारोहका बीच मनाइएको छ । सो अवसरमा महिला पुरुषहरु धोती कुर्ता र साडीमा सजिएर प्रदर्शन गरेका छन् । स्थानीय युवा मिठू चौधरीको नेतृत्वमा भएको सो दिवसको क्रममा सहभागिहरुले आफना मौलिक पहिरनलाई निरन्तरता दिन सबैसँग आग्रह गरेका छन् ।
जानकी मन्दिरबाट युवाहरुले मिथिला पहिरनमा रैली पनि निकालेका थिए ।

