Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा एकै दिनमा ३२ जना फरार प्रतिवादी पक्राउ





जनकपुरधाम ।
रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामो समय देखि फरार रहेका ३२ जना प्रतिवादीलाई मङ्गलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
पक्राउ परेका सबैजना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत रौतहटमा मङ्गलवार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन् । उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।