Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

परीक्षा केन्द्र बाहिर राखिएको भन्दै राराव क्याम्पसका विद्यार्थीहरु आन्दोलित

त्रिविका रजिष्ट्रार भन्छन्ः परीक्षा केन्द्र कुनै हालतमा परिवर्तन हुँदैन





जनकपुरधाम ।
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराव) क्याम्पसमा अध्यय्नरत विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्याम्पसमा कायम गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । पुस १७ गतेदेखि स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा हुन लागेको छ । सोही तहमा रारावमा अध्यय्नरत केही विद्यार्थीको परीक्षा केन्द्र रारावमा राखिएको र केही विद्यार्थीको परिक्षा केन्द्र रारावमा राखिएको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
आन्दोलित विद्यार्थीहरु क्याम्पस प्रशासनको कक्षमा तालाबन्दी गर्दै क्याम्पस प्रशासनबिरुद्ध चर्को नारावाजी गरिरहेका छन् । विद्यार्थीहरुको आक्रोश जायज रहेको राराव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष यादवले मोडेलखबरसंगको कुराकानीमा बताए । उनले रारावमा अध्यय्नरत विद्यार्थीहरुको परीक्षा केन्द्र पहिलेदेखि नै होम सेन्टर रहँदै आएकोमा अहिले आएर केन्द्रिय कार्यालयले परीक्षा केन्द्र सम्बन्धि गलत निर्णय गरेको विज्ञप्ति जारी गरेर भनेका छन् ।
स्ववियु सभापति यादवका अनुसार रारावको क्याम्पसको परीक्षा केन्द्र जनकपुरधामको मोडेल मल्टिपल कलेज, पब्लिक युथ क्याम्पस र राजर्षि जनक क्याम्पसमा तोकिएको छ । उनले भने ‘अहिले सो निर्णयलाई लिएर विद्यार्थीहरुमा आक्रोश छ, यो विषयलाई लिएर हुने कुनै किसिमको क्षतिको जिम्मेबार विद्यार्थीहरु नभई क्याम्पस प्रशासन, केन्द्रिय कार्यालय तथा परिक्षा नियन्त्रकको कार्यालय हुनेछ ।’
यता श्रोतका अनुसार राराव क्याम्पसको क्याम्पस प्रमुख, प्रहरी प्रशासन तथा विद्यार्थी नेताहरुको रोहवरमा त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार प्राध्यापक डा. केदार रिजालले कुनै पनि हालतमा परिक्षा केन्द्र परिवर्तन नहुने अडान दोहराएका थिए । उनले भने ‘परीक्षा केन्द्र कुनै हालतमा परिवर्तन हुँदैन, जुन विद्यार्थीलाई परिक्षा दिनुछ देओस जुन विद्यार्थीलाई परिक्षा दिनु छैन नदेओस ।’