Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लचमु विद्यालय प्रकरणः छात्राले प्रधानाध्यापक उपर झुठो लाञ्छना लगाएको सर्वपक्षिय बैठकको निश्कर्ष





जनकपुरधाम ।
महोत्तरीको जलेश्वरमा रहेको लचमु विद्यालयमा कक्षा ७मा अध्यय्नरत छात्राले प्रधानाध्यापक उपर लगाएको आरोप झुठो रहेको निश्कर्ष सर्वपक्षिय बैठकबाट निश्कर्ष निकालिएको छ । छात्राले प्रधानाध्यापक उपर यौन दुव्र्यवहारको आरोप लगाएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । आन्दोलनका कारण जलेश्वरको अवस्था आइतबार दिनभर तनावग्रस्त बनेको थियो ।
लचमु विद्यालयको सो विवादको समाधानकालागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको बैठकबाट प्रधानाध्यापक संजीव कुमार झा सो घटनामा कतैपनि दोषी नदेखिएको निश्कर्ष निकालिएको हो । सो बैठकमा छात्राका अभिभावकले छोरीले प्रधानाध्यापक उपर झुठो लाञ्छना लगाएको बताएपछि सो विवादको पटाक्षेप भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए ।
यसअघि आइतबार छात्राले प्रधानाध्यापक उपर आरोप लगाएपछि विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयसम्म ¥याली निकालेका थिए । आक्रोशित विद्यार्थीहरूले प्रशासन कार्यालयको अगाडि टायर बालेर प्रधानाध्यापक झालाई तत्कालै कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरु तोडफोड समेत गरेका थिए ।
तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी कबारीले दिएका छन् ।