

सुजीतकुमार झा
जनकपुरधाम ।
मिथिलाञ्चलका चर्चित गीतकार अशोक दत्त क्यान्सर रोगबाट केही महिनादेखि पीडित हुनुहुन्छ । उहाँको उपचार काठमाडौंमा भइरहेको छ । आफनो स्वास्थ्य अवस्था सम्बन्धमा उहाँ स्वयं भन्नुहुन्छ – ज्यादै चिन्ता हुने कुरो छैन तर क्रिटिकल अवश्य रहेको छ । चौथो स्टेजको क्यान्सरको दत्त उपचार गराइ रहनु भएको छ ।
मोडेल खबरसँग कुरो गर्दै दत्तले उपचारपछि म ठीक हुन्छु यसमा म विश्वस्थ छु तर उपचार मेरो लागि समस्या बनेको बताउनुहुन्छ । पैसा कहिलेकाही ठूलो समस्याको रुपमा अगाडी आइहाल्छ । स्वभावले उहाँ स्वभिमानी हुनुहुन्छ तर क्यान्सरको उपचारमा बढी खर्च हुन्छ त्यो धान्न उहाँलाई समस्या भइरहेको छ ।
पैसाको अभावमा केहीदिन अघि १५ दिनसम्म औषधी छोडनु परेको उहाँले स्वीकार गर्नुभयो । उहाँको भाइले पैसा पठाएपछि पुनः औषधी शुरु भयो ।
अभावमा जीवन बितिरहेको छ तर सहयोगपनि प्रयाप्त पाइरहेको छु दत्तले बताउनुभयो । समाजमा विभिन्न क्षेत्रका व्यक्तिले उहाँलाई सहयोग गरेको छ । तर निरन्तर सहयोगको उहाँलाई आवश्यकता रहेको छ ।
साहित्य, कला, संस्कृति खेलकूद क्षेत्रमा लागेकाहरुको जीवन त्यतिकै कष्टर्पूण हुन्छ त्यसमा पनि क्यान्सर जस्तो रोग लागेपछि अझै समस्या बढी हाल्छ । देशका नाम चलेका खेलाडी समेत रहि सकेका अशोक दत्तसँगको लामो कुराकानी मोडेल खबरको पोडकास्टमा बिहिवार सुन्न एवं हेर्न सकिन्छ । मोडेल खबरको चैनल हेर्न नभुल्नु होला । मात्र https://www.youtube.com/@ModelKhabar मा
