Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिकः भारतका खेल दुबईमा, अरू सबै खेल पाकिस्तानमा





एजेन्सी ।
आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका र समूह आइसिसीले घोषणा गरेको छ ।
प्रतियोगिता फेब्रुअरी १९मा पाकिस्तानको कराँचीमा सुरू हुनेछ भने फाइनल मार्च ९ मा हुनेछ । फाइनलका लागि दुई स्थान तय भएको छ । भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा युएईमा हुनेछ ।
आठ टोलीको प्रतियोगितामा १५ खेलहरू हुनेछन् । खेलहरु पाकिस्तान र दुबईमा खेलाइनेछ । पाकिस्तानमा रावलपिण्डी, लाहोर र कराँचीमा प्रतियोगिताका खेल हुनेछन् । पाकिस्तानको प्रत्येक स्थानमा तीनवटा समूह खेल हुनेछन्, जसमा लाहोरले दोस्रो सेमिफाइनल खेल्नेछ ।
लाहोरले ९ मार्चमा फाइनल पनि आयोजना गर्नेछ । भारत फाइनल पुगेको अवस्थामा दुबईमा खेलिनेछ । सेमिफाइनल र फाइनल दुवैमा रिजर्भ दिन हुनेछ । भारतका समूहगत तीन खेलका साथै पहिलो सेमिफाइनल दुबईमा हुनेछ ।
पाकिस्तानले १९ फेब्रुअरीमा कराँचीमा हुने समूह ‘ए’ प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डसँग खेल्नेछ । दुबई लेगको भोलिपल्ट भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तान–भारत भिडन्त २३ फेब्रुअरीमा दुबईमा हुनेछ ।
च्याम्पियन्स ट्रफीका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको समूह ए मा हालको च्याम्पियन्स ट्रफीको साविक विजेता तथा आयोजक पाकिस्तान, भारत, न्युजिल्याण्ड र बंगलादेश छन् भने समूह बी मा क्रिकेट विश्वकप २०२३ को च्याम्पियन अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।
समूह
समूह ए – पाकिस्तान, भारत, न्यूजिल्याण्ड, बंगलादेश
समूह बी – दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्याण्ड