Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दूधमति नदीको नक्सांकन तथा रेखांकन आइतबारदेखि हुने





जनकपुरधाम ।
धनुषा तथा महोत्तरी क्षेत्रमा पर्ने दूधमति नदीको संरक्षण, जिर्णोद्धार र सौन्दर्यकरणका लागि आगामी आइतवारदेखि नक्सांकन तथा रेखांकंनको काम शुरु हुने भएको छ ।
मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको दूधमति संरक्षण तथा सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत दुधमति नदी संरक्षण उच्चस्तरीय उपसमितिको मंगलवार बसेको बैठकबाट नदी क्षेत्रको जग्गा छुट्याउन नक्सांकन तथा रेखांकन गर्ने निर्णय गरिएको हो ।
उपसमितिका अध्यक्ष उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको अध्यक्षतामा बसेको उपसमितिको बैठकबाट दूधमति नदीको नक्सांकन तथा रेखांकन सहित विभिन्न ६ बुँदे निर्णय समेत गरिएको हो ।
मंसिर १४ गतेदेखि शूरु हुने नक्सांकन अर्थात नदी क्षेत्र नापजाँचको कामको अवधि ३ महिना तोकिएको छ । दूधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ अरजनवादेखि महोत्तरीको मटिहानी सीमावर्ती क्षेत्रसम्म गरिनेछ ।
दूधमति नदीको संरक्षण र सौन्दर्यीकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपछि सो क्षेत्रमा पर्यटकीय र आर्थिक सहित कृषि क्षेत्रको समेत विकास हुने उपसमितिका अध्यक्ष मन्त्री यादवले बताए ।
त्यस्तै उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिने, बजेटको व्यवस्थापन सम्बन्धित मन्त्रालयले गर्ने, डिपीआरपछि टेण्डर प्रक्रिया अगाडी बढाइने, चालू आर्थिक वर्षमा छुट्याइएको रकमबाट तत्काल कार्य अघि बढाइने र प्रचार प्रसार समिति गठन गर्ने सहितका निर्णय समेत गरिएको छ ।