Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तरप्रदेशको सिरसागञ्जमा मिथिला बाटिका बनाइदै, बाटिकाका लागि जनकपुरधामबाट बिरुवा लगियो





सुजीतकुमार झा
जनकपुरधाम ।
भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित मानस बाटिकामामा मिथिला बाटिका पनि बनाइदैछ । सो मिथिला बाटिकाका लागि जनकपुरधामबाट वृक्षको माँग भएपछि दूईजनाको टोलीले आज विरुवा लगेका छन् ।
पर्यावरण अभियानसंग जुडेका सुरेश शर्मा र सदीप मण्डलले सो वृक्ष जनकपुरधामबाट लगेका छन् । बृक्षमानवका रुपमा चर्चित शर्मा मधेश प्रदेश वन निर्देशनालयमा कार्यरत रहेका छन् भने मण्डल दूधमती नदी सरोकार समाजका अध्यक्षका साथै सामुदायिक विद्यालयमा शिक्षक रहेका छन् । उहाँहरुले शिवलिङ्गी, रुद्राक्ष, चन्दन, रक्तचन्दन, तेजपात, आँप, बेल पारिजात र चम्पा लगेका छन् ।
जनकपुरधामबाट बिरुवा लगिएको टोलीलाई डिभिजन वन कार्यालय धनुषामा प्रदेश सांसद रामअशिष यादव सहितका व्यक्तिहरुले विदाइ गरेका छन् । विदाइ अवसरमा प्रदेश वन निर्देशनालयका निमित प्रमुख सुजीतकुमार झा, डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंह, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव सहितका व्यक्तिहरु सहभागि थिए ।
बिरुवाहरू रोपिए पश्चात् त्रेता युगकालीन दैविय, रमणीय र स्वच्छ वातावरणको अनुभूति दिलाउने जानकारी वृक्षमानव शर्माले दिएका छन् ।
यता उत्तर प्रदेशको इटावा जिल्लामा पर्ने प्रदेशकै प्रसिद्ध स्कुल पान कुवँर इन्टरनेसनल स्कुल द्वारा आयोजना हुने छात्र पर्यावरण संसदमा वृक्षमानव शर्माले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने बताइएको छ ।