Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको अनिच्छाका कारण पाकिस्तानले ब्रिक्सको सदस्यता नपाउने निश्चित





एजेन्सी ।
ब्रिक्समा सदस्यता पाउने आशा राखेको पाकिस्तानलाई ठूलो झट्का लागेको छ । भारतको कडा विरोधका कारण पाकिस्तान ब्रिक्सको सदस्यताबाट वञ्चित मात्र भएन, साझेदार राष्ट्रको सूचीमा पनि स्थान पाउन सकेन ।
यसैबीच, टर्कीले भने आफूलाई ब्रिक्स साझेदार देशको सूचीमा समावेश गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । रुसले भर्खरै १३ नयाँ साझेदार राष्ट्रहरूको घोषणा गरेको छ । यी देशहरूमा अल्जेरिया, बेलारुस, बोलिभिया, क्युबा, इन्डोनेसिया, काजाकिस्तान, मलेसिया, थाइल्याण्ड, टर्की, युगान्डा, नाइजेरिया, उज्वेकिस्तान र भियतनाम रहेका छन् ।
यी देशहरू जनवरी १, २०२५ देखि ब्रिक्सका साझेदार राष्ट्र बन्नेछन् । चीन र रुसको सहयोगमा ब्रिक्समा प्रवेश गर्न खोजेको पाकिस्तानले सूचीमा आफ्नो स्थान बनाउन सकेन ।
कश्मीर मुद्दामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको अडानमा आएको परिवर्तनका कारण भारतले टर्कीको दाबीको विरोध गरेन । अर्कोतर्फ, भारतको कठोर अडानका कारण ब्रिक्समा सामेल हुने पाकिस्तानको प्रयास असफल भयो ।
पाकिस्तानको यो असफलताबारे आफ्नै देशमा चर्को आलोचना भइरहेको छ । विदेश मामिला विशेषज्ञ मारियाना बाबरले यसलाई पाकिस्तानको विदेश मन्त्रालयको ‘पूर्ण असफलता’ भनेकी छिन् ।
उनले नाइजेरिया जस्तो देशले पनि पाकिस्तान भन्दा राम्रो प्रदर्शन गरेको र ब्रिक्स साझेदार देश भएको बताइन् ।