Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन





एजेन्सी ।
भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ९० वर्षीय बेनेगलले मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ अन्तिम सास लिएका हुन् ।
श्याम बेनेगल २ वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए । ’अंकुर’, ’निशान्त’, ’मन्थन’, ’भूमिका’ र ’मंडी’जस्ता फिल्म निर्देशन गरेका बेनेगललाई ७०–८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छ । उनका फिल्ममा लैंगिक समानता, सामाजिक न्याय र राजनीतिक संघर्षजस्ता विषय थिए ।
श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि स्मरण गरिन्छ । उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषण प्रदान गरिएको थियो । फिल्म निर्देशक बेनेगलले केही दिनअघि डिसेम्बर १४ मा आफ्नो ९०औँ जन्मदिन मनाएका थिए ।