

काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को यही पुस १९ र २० गते पोखरामा गण्डकी प्रदेशको प्रथम अधिवेशन हुने भएको छ । यो प्रथम अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
प्रदेश कमिटी, उपसमिति र पार्टीका सम्पूर्ण सदस्यहरुलाई अधिवेशनलाई सम्पन्न गर्न जिम्मेवारी दिएको उनले जानकारी दिए । आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।
एकीकृत समाजवादिकोे कर्णाली प्रदेश अधिवेशन अहिलेसम्मसम्पन्न गरेको छ । पार्टीले हालै नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।
