Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित





जनकपुरधाम ।
महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित भएका छन् । शनिबार भएको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा ४ सय १९ मत प्राप्त गरी चौधरी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी सन्तोष साहलाई ६१ मतले पछि पार्दै चौधरी विजयी भएको घोषणा निर्वाचन समितिले गरेको छ ।
प्रतिद्वन्द्वी साहले ३ सय ५८ मत प्राप्त गरे ।
पदाधिकारी तथा सदस्यमा समेत चौधरीको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा राम एकवाल साह, महासचिवमा राजुकुमार पुर्वे, सचिवमा चन्द्नकुमार साह र कोषाध्यक्षमा नारायणकुमार गुप्ता चयन भए ।
महिला सदस्यमा कमलादेवी कोइराला, अन्य सदस्यहरूमा रमनकुमार चौधरी, संजयकुमार गुप्ता, अनिलकुमार साह, रोशन महासेठ, मुकेशकुमार साह, मणीभूषण ठाकुर, रुपेशकुमार साह, सरोजकुमार साह, ओमप्रकाश साह विजयी भएका निर्वाचन समिति अधिकृत ठाकुरले जानकारी दिए ।