Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति





काठमाडौँ ।

एनपीएल खेलको समाप्तिपछि कीर्तिपुर मैदानमा मधेशी युवालाई कुटपिट गरेको भन्दै जनमत पार्टीले त्यसप्रति आपत्ति जनाएको छ । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गरी एनपीएलको फाइनल खेलपछि काठमाडौँमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गरी कुटपिट गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

त्यस्ता गतिविधि गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न समेत जनमत पार्टीले माग गरेको छ ।  जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेपालका शासक र राज्य कति नश्लीय र रंगभेदी छ भनेर आफूहरूले विगत दशकमा बुझ्दै आएको बताएका छन् ।

उनले आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्– ‘मङ्सिर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरिएको ‘रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसदमा रंगभेदी विभेद गर्ने विरुद्ध कानुन ल्याउन दर्ता गरिएको सङ्कल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा सङ्घर्ष गर्दै आएको छ ।’

उनले संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासक वर्ग सबै नश्लीय भएको र त्यहाँ एउटा पार्टीले मात्र सङ्घर्ष गर्दैमा नपुग्ने बताएका छन् । उनले भनेका छन्- ‘अधिकार र आत्मसम्मान कसैले दिएर पाइने होइन, आफैँले सङ्घर्ष गरेर विजय हासिल गरेरै लिने हो,

उनले अधिकार र आत्मसम्मान पाउन सङ्घर्ष गर्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, ‘सङ्घर्ष नगरे हजुरबाले पनि त्यही गाली र कुटाइ खाए र हाम्रा नाति नातिनीहरूले पनि त्यही मधिसे, धोती, सीसी बोतल भनेर काठमाडौँमा गाली र कुटाइ खाइ राख्छन् ।’