Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यमनको हुथी विद्रोहीमाथी अमेरिकाको आक्रमण





एजेन्सी ।
अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । उसले लाल सागरमा हुथी विद्रोहीका ड्रोनहरु र एक एन्टी–सिप क्रुज मिसाइललाई पनि खसालेको जनाएको छ । इजरायलमाथि हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले पछिल्लो दुई दिनमा दोस्रोपटक आक्रमण गरेको हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर कम्तिमा १६ जना मानिस घाइते भएको समाचार छ ।
हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलबाट हमला गरेका थिए । यो आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते भएका थिए । हुथी इरान समर्थित विद्रोही समूह हो । उसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीले इजरायलमाथि आक्रमण गर्न थालेको थियो । हुथी विद्रोहीका नेताहरुले प्यालेस्टिनी र आफूहरु एकजुट रहेको बताउने गरेका छन् ।