

जनकपुरधाम ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–११ मा कारभित्र एकजना मृत फेला परेका छन् ।
बागमती प्रदेश ०१०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । स्थानीयका अनुसार मृतकलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ ।
घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने एसपी खड्काको भनाइ छ ।
