Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्ट्सलाई फाइनल पुग्न क्वालीफायर २ खेल्नुपर्ने, सुदुरपश्चिम फाइनलमा





काठमाडौं ।
नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । अब जनकपुर बोल्ट्सलाई फाइनल पुग्नकालागि क्वालीफायर २ खेल्नुपर्ने छ ।
सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो । टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो ।
सुदूरपश्चिमलाई फाइनलमा पु¥याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो । उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पु¥याउन निर्णायक भूमिका खेले ।