Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

४ महिनामा ५ सय ९ प्रहरीले दिए राजिनामा





काठमाडौँ ।
नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो चार महिनाको अवधिमा सो सङ्ख्याका उनीहरूले जागिरबाट राजीनामा दिएका हुन् ।
प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले २०८१ साउनपछि ५०९ जना प्रहरी कर्मचारीले सङ्गठनबाट राजीनामा दिएको बताउँदै २०८१ साउनदेखि कार्तिकसम्म ११ सय १५ जना विरुद्ध विभिन्न उजुरी परेको समेत जानकारी दिए । उनले भने, ‘तीमध्ये ७ सय ६८ वटा उजुरी फर्स्योट भएको छ, अन्य उजुरी उपर छानबिन हुँदै छ ।’
गएको वर्ष सोही अवधिमा १२ सय ८२ वटा उजुरी परेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रहरी कर्मचारीहरू विद्धको उजुरी सङ्ख्या घटेको एसएसपी अधिकारीले बताए ।