Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास





एजेन्सी ।
भारतका रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।
भारतीय दिग्गज स्पिनर आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै बुधबार यो घोषणा गरेका हुन् । अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको बताएका थिए । अब उनी बिहीबार भारत फर्कने बताइएको छ ।
उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरे । विशेष गरी उनले टेस्टमा उत्कृष्ट खेल देखाएका थिए । टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए । टेस्टमा उनले ६ शतक र १४ अर्धशतक समेत प्रहार गरेका छन् ।