Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अदालतबाट दोषी प्रमाणित भए पेन्सन रोक्ने प्रहरी विधेयकमा प्रस्ताव गरिदै





काठमाडौं ।
अवकाशप्राप्त प्रहरी कर्मचारीले पाउने निवृत्तिभरण समेत रोक्न सकिने गरी प्रहरीको नयाँ विधेयकको मस्यौदा तयार भएको छ ।
विद्यमान प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा निवृत्तिभरण रोक्नेबारे उल्लेख गरिएको थिएन । जसकारण जस्तोसुकै कसुरमा अदालतबाट दोषी ठहर भए पनि अवकाशप्राप्त कर्मचारीले निवृत्तिभरण पाउँदै आएका छन् ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरुलाई निवृत्तिभरण नदिनु भन्दै निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको थियो । त्यसपछि सुडान घोटाला काण्डमा दोषी ठहर भएका पूर्वआईजी ओमविक्रम राणाको पेन्सन रोकिएको थियो ।
यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका न्यायाधीश कुमार चुडाल र अब्दुल अजिज मुसलमानको इजलासले पेन्सन नरोक्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो । तर विद्यमान ऐन र नियमावलीलाई विस्थापित गर्ने गरी तयारी गरिएको प्रहरी विधेयकको मस्यौदामा भने निवृत्तिभरण समेत रोक्न सकिनेबारे उल्लेख गरिएको छ ।
संसदमा पेश गर्ने तयारीमा रहेको उक्त विधेयकको ड्राफ्टमा पाँच वटा कसुरमा दोषी प्रमाणित भए निवृत्तिभरण रोकिने उल्लेख छ ।