Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमणः २ जनाको मृत्यु, ६ घाइते





एजेन्सी ।
अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ६ जना घाइते भएका छन् ।
विन्सकिन्सिन प्रहरीले दिएको जानकारी अनुसार राज्यको राजधानी मेडिसनको अबुन्डान्ट लाइफ क्रिस्चियन स्कुलमा बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमण लगत्तै प्रहरी पुग्दा दुई जनाको मृत्यु भइसकेको थियो। प्रहरीले एक महिलामाथि शङ्का गरेको छ । टिनएजका एक विद्यार्थी र शिक्षकको ज्यान गएको छ। घाइते मध्यका दुई जना विद्यार्थीको अवस्था चिन्ताजनक छ ।
सो घटना भएको विन्सकन्सिन राज्य सिकागोको उत्तर पश्चिममा पर्छ । सो राज्य प्रविधि, स्वास्थ्य र व्यवस्थापनको शिक्षाका लागि अग्रणी मानिन्छ । घटनापछि विन्सकिन्सिनका गभर्नरले सो राज्यमा २२ डिसेम्बरसम्म झन्डा आधा झुकाउने निर्णय गरेका छन् । फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले त्यहाँ अनुसन्धान भइसकेको जनाएको छ । एफबिआईले स्थानीय शक्तिलाई त्यहाँ प्रयोग गरीसकेको जनाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घटना लगायत अन्य धेरै घटनामा दुःख व्यक्त गर्दै नयाँ कानुन आवश्यक रहेको बताएका छन् । उनले विद्यालयमा बन्दुक प्रहारका घटना बढी रहेका कारण यसलाई रोक्न काँग्रेसबाटै नयाँ कानुन पास गर्नुपर्ने कुरामा जोड दिएका हुन् । उनले बन्दुक प्रहारबाट विद्यार्थीलाई जोगाउन नसक्नु दुःखद विषय भएको बताएका छन् ।