

काठमाडौं ।
एबिसी टिभी च्यानलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेपछि राष्ट्रपतिको मानहानि भएकाले एबीसलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपरेको छ ।
राष्ट्रपति ट्रम्पले एक महिलालाई बलात्कार गरेका एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा आरोप लगाएका थिए
उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।
शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक मिलियन डलर पनि तिर्ने छ ।
