

सुजीतकुमार झा
जनकपुरधाम
मौसम अनुसारको खाना खानुपर्ने पोषणविद्हरुको सुझाव रहेको छ । जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्ने भएकोले खाने कुरामा बिशेष ख्याल पुर्याउनु पर्ने उनीहरु बताउँछन् । काब्य अस्पताल जनकपुरधामका संस्थापक एवं वरिष्ठ फिजिसियन डा. एसके सिंहका अनुसार जाडोमा शरीरको आन्तरिक क्रियाकलाप दर (बेसिक मेटावोलिक रेट) बढी आवश्यक पर्ने भएकोले यो मौसममा केही शक्तिवद्र्धधक खानाहरु खानुपर्छ । ‘हामीले जाडो, गर्मी वास्ता नगरी जथाभावी खाइरहेका हुन्छौं । यसरी खानु उचित नभएको जनकपुरधामका अर्का वरिष्ठ फिजिसियन डा. रमण मिश्र बताउनु हुन्छ ।
जाडोसँग सामना गर्न शरीरलाई न्यानो लुगा जति आवश्यक पर्छ उति नै शक्तिवद्र्धक खानेकुरा पनि आवश्यक पर्छ । आन्तरिक शक्ति पूरा गर्न नियमित खानाका साथै फलफूल, भिटामिन, प्रोटिन, खनिज लगायत तत्वहरु मिलाएर खानु छ । जाडोमा रोगसँग लड्न शरीरलाई ‘भिटामिन सी’को आवश्यकता पर्छ । सामान्यतया जाडो हुन्छ भन्ने सोचले यो मौसममा फलफूल कम खाने गर्छन् । तर भिटामिन सी पाइने हुनाले सुन्तला, मौसमी, स्याउ लगायतका फलफूलहरु प्रशस्त मात्रामा खानुपर्छ,’ वरिष्ठ चिकित्सक डा. सिंह बताउनुहुन्छ ।
यीसँगै अन्य भिटामिनको आवश्यकता पर्दछ डा. मिश्रको सुझाव छ ।
सामान्यतया गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ डा. मिश्र पनि बताउनुहुन्छ ।
‘फलफूल खाने मान्छेमा रोग प्रतिरोधात्मक शक्ति धेरै हुने भएकाले चिसो याममा धेरै फलफूल खान सल्लाह दिन्छु,’ रुटगर्स विश्वविद्यालय, अमेरिकाका डां एमि होवल बताउँछन् । फलफूलमा भएका अनेक तत्वले मुटुरोग र क्यान्सरसँग पनि लड्ने गर्दछ । यसर्थ, यो जाडोमा पर्याप्त झोलकुरा सहित यी पाँच फलफूल खान नछुटाउनु जानकारहरु बताउँछन् ।
मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा ।
हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ । बच्नुस् रुघाखोकीबाट । केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो । खानुस् केरा, बच्नुस सर्दीबाट । डा. सिंह भन्नुहुन्छ एलर्जीको जसको समस्या हुन्छ त्यसले केरा खानु हुँदैन नत्र जाडो महिनामा केरा खाँदा कुनै अप्ठयारो हुँदैन । डा. मिश्रको पनि यही तर्क रहेको छ । एलर्जी समस्या छैन, डाइबिटिज समस्या छैन उसले सिजनमा पाइने फलहरु खनैपर्छ उहाँले बताउनुभयो ।
जाडो मौसममा केरा खानु हुन्छ कि हुँदैन भन्नेमा प्रायः विरोधाभास हुने गर्छ । कतिपयले जाडो मौसममा केरा खानु उचित हुन्छ भन्छन् भने कतिपयको भनाइ जाडो मौसममा केरा खानु हुँदैन भन्ने छ ।
केरा वर्षभरि सजिलै पाइने र पौष्टिकताले भरिपूर्ण मानिने फल हो । तर जाडोमा यसलाई खाने कुरामा केही मतभिन्नता छन् ।
केरा पोटासियम, म्याग्नेसियम र भिटामिन बी ६ को राम्रो स्रोत हो, जसले शरीरको मेटाबोलिजम्लाई स्वस्थ राख्न मद्दत गर्छ । चिसो मौसममा जब शरीरलाई ऊर्जाको आवश्यकता बढ्छ, केरा ऊर्जाको राम्रो स्रोत साबित हुन सक्छ । साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई बलियो बनाउँछ, जुन जाडोमा सामान्यतया सुस्त हुन सक्छ ।
चिकित्सा दृष्टिकोणले केरालाई चिसो फल मानिने र यसको अत्यधिक सेवनले कतिपयलाई घाँटी दुख्ने वा रुघाखोकी लाग्ने गरेको चिकित्सक बताउँछन् । यदि कसैलाई चिसोसँग सम्बन्धित एलर्जी छ भने उसले केरा खानु हुँदैन ।
साथै, यदि तपाईं शारीरिक रूपमा सक्रिय हुनुहुन्छ र चिसोमा पनि व्यायाम गर्नुहुन्छ भने, केरा तपाईँको लागि लाभदायक हुन सक्छ । किनकि यसले तत्काल ऊर्जा प्रदान गर्दछ ।
केरा खाने सही समय पनि महत्वपूर्ण छ । बिहान केरा खाँदा पाचनमा मद्दत गर्छ, तर रातिको समयमा केरा खानु हुँदैन, किनकि यसले रुघा र खोकीको सम्भावना बढाउँछ ।
केरामा पोटासियमको मात्रा बढी हुने भएकाले उच्च रक्तचापको समस्या भएकाका लागि केरा लाभदायक हुने बताउँछन् । तर, मधुमेहका बिरामीले केराको सेवन सीमित मात्रामा गर्नुपर्छ, किनभने यसमा चिनीको मात्रा बढी हुन्छ । जाडोमा केरा खाने वा नखाने निर्णय व्यक्तिको शारीरिक अवस्था र आवश्यकतामा निर्भर गर्दछ । यसलाई सन्तुलित मात्रामा र सही समयमा खाएमा जाडोमा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
सखरखण्ड भिटामीन एको महत्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँछ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं ।
अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्वपूर्ण स्रोत पनि हो ।
सामान्य काम गर्ने महिलाको हकमा १९ सय क्यालोरी र पुरुषको हकमा २४ सय क्यालोरी बराबरको खान सकिने नेपाल खाद्य तथा गुणनियन्ण विभागको सूचांकले जनाएको छ । यी क्यालोरी चारवटा खाद्य समूहबाट प्राप्त गर्न सकिन्छ । अन्नको समूह फलफूल तथा तरकारीको समूह, प्रोटिन भएको समूह र भिटामिन तथा खनिज भएको समूह। खनिज, फलफूल, प्रोटिन,सागसब्जी, पनिर, चिज, दुध, माछामासु, गेडागुडी डा. मिश्र बताउनुहुन्छ ।
