

जनकपुरधाम ।
विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान बढाउन जनकपुरधामको एक निजि विद्यालयले फुड फेस्टिवल गरेको छ । मोडर्न नेपाल इङ्गलिस बोर्डिङ स्कुलको आयोजनामा भएको सो फेस्टिवलमा विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाइ प्रदर्शन गरेका छन् । मार्डनले प्रत्येक वर्ष यसप्रकारको फुड फेस्टिवल गर्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित सो स्कूलले आफ्ना छात्रछात्रालाई प्रयोगात्मक सिकाइ वाट अन्तर निहित क्षमता प्रस्फुटन होस भनि अभिप्रायका साथ यसप्रकारको कार्य गरेकोे विद्यालयका संस्थापक दिपक ठाकुरले बताएका छन् ।
प्रयोगात्मक अभ्यास छात्रछात्राहरुका लागी प्रभावकारी सिकाइ मानिन्छ । परिकार बनाएपछि विद्यार्थीहरु र शिक्षकसंगै खाना पनि खाएका थिए ।

