Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजनीतिक उथलपुथलबिच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त





एजेन्सी ।
फ्रान्समा जारी राजनीतिक उथलपुथलका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
७३ वर्षीय बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन् । प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए । यो भेट करिब दुई घण्टा चलेको थियो । हालै फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पदबाट हटाइएको थियो । उनी तीन महिना मात्रै पदमा रहिन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ । फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको खुलासा गरेको थियो ।