Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा





काठमाडौं ।

सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।

त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उनले बताए ।