Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामका उपमेयर किशोरी साह भन्नुहुन्छ – नगरपालिकामा मेरो भूमिका पनि सर्वसाधारण जस्तै छन्

‘म चाहन्छु जनकपुरधाम उपमहानगरपालिकामा मेयर उपमेयर विवादको समाचार नबनोस तर मलाइ बाइपास गरेर सञ्चारमाध्यममा बोल्न बाध्य पारिरहेको छ’





 

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले नगरपालिकामा मेरो भूमिका पनि सर्वसाधारण जस्तै छन् बताउनु भएको छ । मैले सिफारिस गरेको सबै योजनालाई बाइपास गरेको समेत आरोप लगाउनु भएको छ ।
मोडेल खबरसँग कुरा गर्दै उपमेयर साहले उपमेयरको सिफारिस चल्दैन भन्नु
परियो नत्र हाम्रो पनि साथी भाइ छन् पार्टीका साथीहरु छन् उनीहरुले भन्दा सिफारिस गर्नैपर्छ । एकप्रश्नको जबाफमा उहाँले यो प्रश्न मैले मेयरसँग गर्दा उ मौन भइहाल्छन् विभिन्न बहाना बनाउन थाल्छन् । अब यो बहाना चल्दैन बताउनुभयो ।
‘म चाहन्छु जनकपुरधाम उपमहानगरपालिकामा मेयर उपमेयर विवादको समाचार नबनोस तर मलाइ बाइपास गरेर सञ्चारमाध्यममा बोल्न बाध्य पारिरहेको छ,’ उहाँले बताउनुभयो ।
उपमेयर किशोरी साहसँगको सम्पूर्ण कुराकानी मा https://www.youtube.com/@ModelKhabar हेर्न सकिन्छ । केहीबेरमा हेर्न नभुल्नुहोला ।