Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डिभिजन वन कार्यालयले धनुषामा सर्प उद्धार अभियान चलाए, ३ महिनामा ८ बटा सर्पको उद्धार





सुजीतकुमार झा
जनकपुरधाम
सर्पको उद्धारमा डिभिजन वन कार्यालय धनुषाले जोड दिएको छ । गत तीन महिनामा ८ वटा सर्पलाई उद्धार गरिएको छ । आगो र सर्प उस्तै हुन् । कतिपय मानिसहरु सर्प भन्ने बित्तिकै डराउने वा घृणा गर्ने गरेको पाइन्छ । आगोलाई राम्रोसँग प्रयोग गर्न जानेन भने त्यो विध्वंसकारी हुन्छ । सर्पलाई हानि नोक्सानी पु¥याएन भने तिनीहरूले केही गर्दैनन् । खतरा महसुस नगरेसम्म सर्पले आक्रमण गर्दैनन् । तर सर्वसाधारणले सर्तकर्ता अवश्य अपनाउनै पर्छ ।
सर्प हेर्ने बितिकै मारिहाल्ने प्रवृतिलाई रोक्न आफूहरु उद्धारमा जोड दिइएको जानकारी धनुषाका डिएफओ विनोद सिंहले दिइएका छन् । धनुषाधाममा कार्यरत वन रक्षक आकाशकुमार यादवको काजै अहिले सर्पको उद्धार गर्नु रहेको छ । केही वर्षदेखि नै आकाश यसमा लागेका छन् तर अब रेकर्ड राख्ने जस्ता कार्यपनि शुरु गरिएको डिएफओ सिंहले दिइएका छन् ।
सर्पलाई बचाउनुपर्छ, वातावरण शुद्धिका लागि सर्प आवश्यक रहेको उहाँको कथन रहेको छ ।
संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन् । नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन् । तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ सर्पका जानकारहरु बताउँछन् । सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । अनि मान्छेको ज्यान जोगाउने महत््वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन् ।

‘सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो,’ डिएफओ सिंहले बताउनुभयो । अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन् । यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन् । प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको संख्या घटाउन सर्पले भूमिका खेल्छन् । उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा ।

वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन् । एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन् । मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ । धेरै सर्पको मुख्य आहारा मुसा हो । दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी–खोजी मुसाहरू मार्छ ।

सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन् । सर्पले नखाने जीव नै छैन । सर्पले सर्प नै खाने पनि हुन्छ । राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो । सर्प आफूपनि अरू जीवजन्तुको आहारा बन्छ। थुप्रै चराहरूले सर्प खान्छन्। चील, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो र कस्तुरी मृगहरूले सर्प खान्छन्। मरेको सर्प गिद्ध र स्यालले पनि खान्छ ।

हाम्रो आधुनिक उपचारपद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरैमात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन् । सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी–स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ । क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ । पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो । त्यो दम भएको बिरामीलाई दिनुहुँदैन । अहिले गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ । त्यसले दुखाइ कम गर्छ । शरीरबाट रगत बाहिर निस्कँदा वा शरीरमा रगत जम्दा उपचारमा प्रयोग गरिने ओखती पनि सर्पको विषबाट बन्छ ।
हाम्रो परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचार पद्धतिमा सर्पका विभिन्न अंगहरूको विशेष महत्व छ । सर्पको बोसो, काँचुली र रगत अनि विषसमेत आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ । गाउँघरतिर सर्पका विभिन्न अंगहरूबाट २० देखि २२ वटा औषधि बनाएको थाहा छ । बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ ।
कम विषालु सर्पले टोक्यो भने दुख्छ, सुनिन्छ तर मान्छे मर्दैन । तर अति विषालु सर्पले टोक्यो र विष शरीरभित्र छि¥यो भने मानिसको मृत्यु हुने हो । नेपालमा हालसम्म फेला परेका ८१ प्रजातिका सर्प मध्ये १८ प्रजातिका सर्प विषालु छन् । गोमन, करेत, मुगा सर्प र रुसी भाइपर चार प्रकृतिका सर्पहरू अति विषालु हुन्छन् ।
सर्पका १५ प्रतिशत भन्दा कम प्रजाति विषालु छन् । विषालु सर्पमध्ये पनि अतिविषालु र कम विषालु प्रजातिका सर्प छन् । जनकपुरधाम क्षेत्रमा ४२ सय भन्दा बढी सर्वको उद्धार गरेका देवनारायण मण्डलले भन्नुभयो – जनकपुरधाम क्षेत्रमा पाइने ७ प्रतिशत सर्प मात्रै विषालु रहेको छ । जसमध्ये पनि साढे ३ प्रतिशत सर्प ड्राइवाल्ट फाल्छन् । गहुमन सर्प सबैभन्दा विषालु रहेपनि करैतले सबैभन्दा बढी मान्छे मार्ने गरेको उहाँले बताउनुभयो । भगता कहाँ जानुभन्दा अस्पतालमा सर्पदंशबाट अपचार गराउने जाँदा बँच्ने सम्भावना बढी रहेको जनकपुरधामका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंह बताउनु हुन्छ ।

हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजा हुन्छ । भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ । साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ । प्रकृतिमा सर्पको विशेष महत्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन् ।