Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राम कलेवा संगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने





जनकपुरधाम ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव आज रामकलेवा विधि संगै विधिवत रुपमा सम्पन्न हुनेछ ।
अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन रामकलेवा तथा दक्षिणा प्रदान गरिएसँगै सप्ताहव्यापी रामजानकी विवाह महोत्सव विधिवतरुपमा सम्पन्न भएको हो ।
शुक्रबार राति सीतारामको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतिमूर्तिलाई विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ आज गरिने छ । रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा रहेको छ । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।