

सुजीतकुमार झा
जनकपुरधाम
आजु मिथिला नगरिया निहाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !
महिलाहरु गीत गाइरहेका थिए । यता भगवान राम सहित चारै भाई मञ्चमा बसेका थिए । पण्डित मन्त्रोचारणमा वयस्त थिए । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको प्रागंणमा विहे हेरीरहेका हजारो व्यक्तिको कतुहुलता आसमानमा थियो, अवके हुन्छ ? मनमनै सबै एकटक उतै लगाएका थिए । फेरी गीत गाइने महिलाहरुको स्वर चल्न थालियो..
शिश मणी मौरिया, कुण्डल सोहे कनमा,
कारी कारी कजरारी जुलमी नयनमा,
लाल चंदन सोहे इनके भाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया!
श्यामल–श्यामल, गोरे– गोरे, जोड़ीया जहान रे,
अँखिया ना देखनी सुनलीं ने कान हे
जुगे जुगे, जीबे जोड़ी बेमिसाल सखिया
चारों दुलहा में बड़का कमाल सखिय ा!
गगन मगन आजु, मगन धरतिया,
देखि देखि दुलहा जी के, साँवर सुरतिया,
बाल वृद्ध, नर–नारी, सब बेहाल सखिया
चारों दुलहा में बड़का कमाल सखिया !
जेकरा लागी जोगी मुनि, जप तप कईले,
से मोरा मिथिला में पाहुन बन के अईले
आजु लोढ़ा से सेदाई इनके गाल सखिया..
चारों दुलहा में बड़का कमाल सखिया !
यो गीत भइरहेकै बेला विवाहका लागि बनाइएको मण्डपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव माता जानकीलाई लिएर आए । संसारको सबै भन्दा सुन्दर जोडीको विहे भइरहेको छ, समान्य मण्डप थोरै बन्छ । विहेको मण्डप एकसाता अघि देखिनै बनिरहेको थियो । दर्जनो कामदार यसमा लागेका थिए । चारैतिर झिलीमिली बत्तीले पूरै जानकी मन्दिर बेहुली जस्तै लाग्थ्यो ।
जानकी मन्दिर मात्रै होइन पूरै जनकपुरधाम नै यसरी सजाइएको थियो । हामी कहाँ वर्षमा चार चोटी दीपावली हुन्छ, दीपावलीक अतिरिक्त विवाहपञ्चमी, जानकी नवमी र रामनवमीमान ।
अगाडी अगाडी परम्परगत बाजा ढोल पिपही पछि पछि जानकीसंगै महन्थ दास । जनकपुरधाममा महन्थलाई जानकीको वुवाको रुपमा चिनिन्छ । छोरीको विहेको लागि आफूलाई पनि तयारीगर्नु पर्यो त्यसैमा ढिलो भो उनी वताइरहेका थिए । उहाँकोकुरो सुन्ने आज कोही थिएन । महिलाहरुको गीत चलिरहेको थियो ।
जंघिया चढ़ाई बाबा बैसला मंडप पर,
बाबा करू ने कन्यादान हे ।
आहे बाबा करू ने धीयादान हे।
जंघिया चढ़ाई……।
कन्यादान करे बैसला बाबा,
मोती जकां झहरनि नोर हे ।
आहे मोती जकां झहरनि नोर हे ।
जंघिया चढ़ाई……।
सिसकि–सिसकि रोबे मैया हे सुनयना,
अपन धिया भेलै बिरान हे ।
आहे अपन धिया भेलै बिरान हे ।
जंघिया चढ़ाई…..।
मण्डप नजिक जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ साधुसन्तहरु बसी हाले । छोरीपक्ष मात्रै होइन बेहुलापक्ष पनि थिए । अयोध्याबाट चारदिन अघि नै विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह ‘पंकज’ को नेतृत्वमा ५ सय भन्दा बढी संख्यामा जन्ती आएका छन् । उहाँहरु प्नि विहेस्थलमै डटेका थिए ।
मिथिलाञ्चलमा जसरी बिहेहुन्छ त्यही परम्पारलाई यो उत्सवमा अपनाउने गर्छौ । सीताकोआकर्षणकोशव्दमा वर्णनन गर्नसकिदैन । सीताको एक झलक हेर्न उपस्थिति सबै ललयित थिए । यस प्रसंगलाई रामायणमा तुलसी दासले लेखेका छन –
सिय सुंदरता बरनि न जाई ।
लघु मति बहुत मनोहरताई ।।
आवत दीखि बरातिन्ह सीता ।
रूप रासि सब भाँति पुनीता ।।
अर्थात सीताजीको सुन्दरताका वर्णन गर्न सकिदैन, कारण बुद्धि धेरै सानो छ र मनोहरता धेरै ठूलो रहेको छ । रूपको राशि र सबै प्रकारले पवित्र सीताजीलाई जन्तीहरुले आउँदै देखै, सबै मनैमन प्रणाम गरे ।
देखि राम भए पूरनकामा ।।
हरषे दसरथ सुतन्ह समेता ।
कहि न जाइ उर आनँदु जेता ।।
सबै मनैमन प्रणाम गरे । श्री रामचन्द्रजी लाई देखेर त सबै कृतकृत्य भइहाले राजा दशरथजी पुत्रहरुका साथै हर्षित देखिन्थे । उहाँकोे हृदयमा जति आनन्द थियो त्यो, कही हुन सक्दैन ।
यही वैवाहिक दृश्यलाई लिएर रामायणमा तुलसी दास अगाडि लेख्नुहुन्छ–
सुर प्रनामु करि बरिसहिं फूला ।
मुनि असीस धुनि मंगल मूला ।।
गान निसान कोलाहलु भारी ।
प्रेम प्रमोद मगन नर नारी ।।
देवता प्रणाम गरेर फूल बरसाई रहेका छन । मंगलका मूल मुनिको आशीर्वादको ध्वनि भइरहेको छ । गाना र नगाड़ाको शब्दले पूरै शोर मचि रहेको छ । सबै महिला पुरष आनन्दमा मग्न रहेका छन त्यही बेला फेरी महिलाहरु मंगलगान शुरु गरे ।
मंगलमय दिन आजु हे पाहुन छथि आयल
धन्य–धन्य जागल भाग हे मन कमल फुलायल
मंगल घटसँ द्वारि सजाओल
कंचन दिया बारि हम लाओल
गाँथल हार गुलाब हे हिनका पहिराओल। धन्य …..
कर खाली बेसी अभिलाषा
दूबि–धान पर अगबे आशा
मान बढ़ाबइ पाग हे हिनका सिर राखल। धन्य ……
धनमे धन भावहिटा सम्बल
सुभग सिनेह मनहि मन केवल
बाडÞिक अनुपम साग हे भोजनमे साजल
मंगलमय दिन आजु हे पाहुन छथि आयल । धन्य ….
लावा छिरयाउने, सिन्दूरदान, कन्यादान सबै विध भए । एकातिर वैवाहिक विध भइरहेको थियो भने अर्को तर्फ विध अनुसार गीत । गीतमा महिला टोलीको फौज जस्तै थियो । बीच बीचमा हास परिहासका कार्यक्रम चलिरहेको थियो । मिथिलामा हास परिहास वेगर बैवाहिक कार्य हुनै सक्दैन जानकारहरु बताउँछन् । स्वंय यसकालागि उत्तराधिकारी महन्थ रामरोशन दास कम्मर कसेका थिए । उनले गीतमै डहकन उठाए । छोरापटटीलाई यसको माध्यमले गाली दिन्छन
दुलहा गारि ने हम दइ छी बेवहार करइ छी ।
हम्मर बाबा छथि कुमार अहाँ के दाई माँगैइ छी ।।
दुलहा गारि ने हम दइ छी एकटा बात कहइ छी ।
हम्मर बाबू छथि कुमार अहाँ के माई माँ माँगैइ छी ।।
दुलहा गारि ने हम दइ छी एक विचार पूछै छी ।
हम्मर भइया छथि कुमार अहाँ के बहिन माँगै छी ।।
। स्वयम्वरको वेलापनि निकै हास परिहासका कार्य भएको थियो ।
। विहे भन्दा पहिला स्वयम्वर गरिने परम्परा रहेको छ । स्वयम्वर जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा भएको थियो । भनिन्छ त्रेता युगमा पनि धनुष यज्ञ र स्वम्बर रंगभूमि मैदानमै भएको थियो ।
स्वम्वरका लागि मिथिला दरवारको प्रतिनिधित्वगर्ने जानकी मन्दिर र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिर वाट छुट्टा छुट्टै डोला त्यहाँ पुगेको थियो । जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरिले गरेका थिए ।
राम मन्दिरका डोला संगै ठूलो संख्यामा स्थानीयवासी सहभगि थिए ।
स्वम्वरका क्रममा जानकी मन्दिरका डोला सहित मन्दिरकामहन्थ र पुजारीले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका थिए । पूजा पछिराम को डोलालाई जानकीको डोलाले ७ चोटीपरिक्रमा गरेका गरेका थिए । यो दृश्य हेर्न पूरै १२ विग्हाको रंगभूमि मैदान भरिएको थियो ।
स्वम्बरपछि जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । शोभा यात्रामाजनकपुरका अधिकांश मन्दिरको झाँकीहरु रहेको थियो । हरेक विधको छुटटै आकर्षण, छुटटै आनन्द देखिन्थ्यो ।
फेरी भगवान रामको रुप देखेर मैथिल महिलाहरु आवस्था वर्णन गर्न सकिदैन त्यसैबेला महिलाहरुले पनि गीत उठाए–
जेहने किशोरी मोरी, तेहने किशोर हे,
विधिना लगाओल जोड़ी, केहन बेजोर हे !

