Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिखर धवनको विस्फोटक अर्धशतकीय पारीका बावजुद कर्णाली पराजित





काठमाडौँ ।
नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौं गुर्खाजले शिखर धवन सम्मिलित कर्णाली याक्सलाई पराजित गरेको छ ।
कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको हो । बुधबारको पहिलो खेलमा काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो । पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो ।
काठमाडौँका सुमित महर्जन ४० र साहव आलम शून्य रनमा नटआउट रहे। सुमितले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । छैटौ विकेटका लािग सुमित महर्जन र कप्तान करण केसीले ४८ रनको साझेदारी गरे । करण २८ रन बनाउँदा सोमपाल कामीको बलमा देव खनालको हातबाट क्याच आउट भए ।
काठमाडौका लागि जेहार्ड इरासमसले बनाएको ३८ रन नै सर्वाधिक रह्यो । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । माइकल लेविट २२ रन बनाउँदै क्याच आउट भए । भीम सार्की ९, शंकर राना ६ र स्टेफन इस्कीनाजी ३ रन बनाउँदै पेभेलियन फर्के ।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान एक विकेट झारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो ।
शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे । धवनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।
सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रमक प्रर्दशन गरेको थियो । चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट भए । बाबर हायातले १३ र गुल्सन झाले १२ रन थपे। अर्जुन घर्ति ४ रन बनाउँदै बोल्ड आउट भए । ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे ।
काठमाडौका जेहार्ड इरासमसले २ विकेट लिए। करण केसी, नाथन साउटर र दिपेश कडेलले समान एक विकेट झारे । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ । एनपीएलमा विराटनगरले तेस्रो खेल खेल्न लागेको हो। लुम्बिनीको भने पहिलो खेल हो ।