

जनकपुरधाम ।
जनकपुर बोल्ट्सबिरुद्ध ब्याटिङ्ग गरिरहेको कर्णाली याक्सले पावरप्लेमै आफ्नो दूबै ओपनर गुमाएको छ । कर्णालीकालागि ओपनि गर्न उतरेका शिखर धवन र देव खनाल दूबै ओपनर सस्तैमा आउट भएका हुन् ।
धवन १४ रन बनाएर हर्ष ठक्करको बलमा आउट भएका छन् । धवन अघि देव खनाललाई जनकपुर बोल्ट्सका ललित राजवंशीले पवेलियनको बाटो देखाएका थिए ।
