Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विश्वकै सबैभन्दा ठूलो सुन भण्डार चिनमा फेला पर्यो





एजेन्सी ।
चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला परेको छ । सिन्ह्वा समाचारका अनुसार हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन हुन सक्छ । यसको मूल्य ८३ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ ।
विज्ञ चेन रुलिनका अनुसार धेरै ड्रिल गरिएको चट्टानको कोरमा सुन स्पष्ट रूपमा देखिन्छ । यो दक्षिण अफ्रिकाको साउथ डीप खानीमा ९०० मेट्रिक टनभन्दा बढी सुन हो । रिपोर्टका अनुसार पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका खानी फेला परेका छन् । यसअघि यहाँ ३ सय मेट्रिक टन सुन रहेको भौगर्भिकहरूले अनुमान गरेका थिए । तर, पछि थ्रीडी मोडलिङ प्रयोग गर्दा सुनको दरारको गहिराई ३ हजार मिटरसम्म रहेको पत्ता लागेको थियो । यसमा अनुमानभन्दा ७ सय मेट्रिक टन बढी सुन रहेको छ ।
चिनियाँ अधिकारीहरूले यहाँ थप अनुसन्धान गरिरहेका छन् । यसको खोजी गर्ने हुनान गोल्ड कर्पोरेशनका अनुसार धेरै गहिराइका कारण खानीमा कति सुन छ भन्ने थाहा हुन सकेको छैन । जसका कारण मूल्य कति हुन्छ भन्न सकिन्न ।